Skip to content
LAXMI SUNRISE BANK

कार्की दोषी ठहरिए कारबाही गर्नुपर्छ, वैद्य

अर्थ सरोकार

 अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पदको दुरुपयोग तथा भ्रष्टाचार गरेको ठहर भएमा कारबाही गर्नुपर्ने बताएको छ। आइतबार प्रेस वक्तव्य जारी गर्दै क्रान्तिकारी माओवादीले सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने जनाएको हो।
‘हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछ’ विज्ञप्तिमा भनिएको छ। क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा कार्कीको नियुक्तिकै समयमा भएको विरोधको दलहरुले उपेक्षा गरेको स्मरण गर्दै उनले सत्तारुढ दलको स्वार्थ मिल्ने र बाझिने जस्ता कारणले यस्तो समस्या देखिएको उल्लेख गरिएको छ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK