Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको संस्थापक समूहको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर बिक्री गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपया पचास पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् ।
ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK