
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई तिमी नर्क जाउ भन्दै खरो जवाफ दिएका छन् । लागुऔषधविरुद्ध भएको क्रुर युद्धलाई लिएर ओबामाले फिलिपिन्सको आलोचना गरेपछि डुटर्टीले यस्तो जवाफ दिएका हुन् ।
डुटर्टीले भने, ‘हामीलाई सहयोग गर्नुको साटो सुरुमा आलोचना गर्नु राज्यको विभाग हो । ओबामा तिमी नर्क जान सक्छौं ।‘यस्तै, आलोचक युरोपियन युनियनलाई पनि डुटर्टीले मोक्ष छान्नु राम्रो भन्दै सुझाव दिएका छन्
स्थानीय अधिकारी र व्यवसायीसँग बोल्दै डुटर्टीले अमेरिकाले गरेको आलोचनाप्रति आफु असन्तुष्टि रहेको बताएका छन् । मंगलबार उनले आफ्नै कार्यकालमा अमेरिकासँग सम्बन्धविच्छेद गर्ने चेतावनी दिँदै डुटर्टीले वरु रुस र चीनसँग आफुले लगनगाँठो गास्ने बताए । अमेरिकाले मनिलालाई हतियार विक्रि गर्न अस्वीकार गरेको कुरालाई जोड्दै डुटर्टीले हतियार अन्य ठाउँबाटै खरिद गर्न सकिने बताए ।
‘यदी तिमी हतियार विक्रि गर्न चाहाँदैनौं भने म रुस जान्छु । मैले जनरललाई रुस पठाएको छु । रुसले कुनै चिन्ता नलिनु भन्दै आवश्यक सम्पूर्ण सहयोग गर्ने जनाएको छ’, डुटर्टीले भने । उनले फेरि भने, ‘चीनले पनि आएर हस्ताक्षर गरे सम्पूर्ण सामग्री दिने बताएको छ ।‘
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्