Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले चैत ३ गतेबाट नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने, भाउ कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को संस्थापक सेयर चैत ३ गतेबाट लिलामी बिक्री खुला गर्ने भएको हो । 
कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १५ सय २ रुपैयाँ ५० पैसा भाउ राखेर आवेदन दिन सक्नेछन् भने चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी सेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलबाट आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK