Skip to content
LAXMI SUNRISE BANK

बुद्धको जन्मस्थल लुम्बिनीमा माछापुच्छ्रे बैंकको ‘क्युआर कोड तथा विच्याट पे’ सेवाको सुरुवात

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
लुम्बिनी । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा विच्याट पे सुरु गरेको छ। स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्प्लेक्सलगायतमा क्युआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।
उक्त सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरी चाइनिज पर्यटकले विच्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन्। स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ। अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK