×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निम्तो नै नपाई प्रचण्ड किन जाँदैछन् भारत

LAXMI SUNRISE BANK

निम्तो नै नपाई प्रचण्ड किन जाँदैछन् भारत

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग साइटलाइन संवाद गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरीराखेका छन् । ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्टपति सी असोजको अन्तिम साता भारतको गुवा जाँदैछन् । उनलाई भेट्न र साइडलाइन संवाद गर्न प्रधानमन्त्री दाहाल गुवा जाने तयारीमा रहेको परराष्ट सल्लाहकार ऋषि अधिकारीले बताए ।
चिनियाँ राष्टपतिको नेपाल भ्रमण स्थगित भएपछि उनलाई भेट्न दाहाल भारत जान लागेका हुन् । चिनियाँ राष्टपति सहभागि हुने सम्मेलनमा प्रधानमन्त्री दाहाल आमन्त्रित छैनन् तर पर्यबेक्षकका रुपमा जाने र त्यही भेटवार्ता गर्ने योजना दाहालले बनाएका छन् ।
तर चिनियाँ राष्टपतिसँगको साइडलाइन संवाद भने अझै तय भएको छैन । भेटवार्ताको मिति तय भएपछि २८ असोजमा भारत जाने तयारीमा प्रधानमन्त्री दाहाल रहेका छन् । चिनियाँ राष्टपति सीसँगको भेटवार्ता तय गर्न प्रधानमन्त्री दाहालले परराष्टमन्त्री र चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
तर चीनले भेटघाटको समय निर्धारित गरिसकेको छैन । सीसँग भेट नहुँने भएपछि प्रधानमन्त्री भारत नजाने भएका छन् । सीलाई भेट्नु मात्र उनको उदेश्य रहेको छ । यही महिना भारतको राजकीय भ्रमण गरेका दाहाल फेरी भारत जाने तयारी थालेका छन् । सीसँगको भेटवार्ता तय भए दाहाल एउटै महिना दुई पटक भारत पुग्ने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी