×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नव जनवादी क्रान्तिको तयारी गर्ने वैद्य

LAXMI SUNRISE BANK

नव जनवादी क्रान्तिको तयारी गर्ने वैद्य

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारीभईरहेको बताएका छन् । जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उनले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे । 


उनले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताए। 

पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आएका अध्यक्ष वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए । 


उनले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गरे । वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको अध्यक्ष वैद्यले टिप्पणी गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी