×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरवन्दी अभावमा नगरपालीकाको काम प्रभावति

LAXMI SUNRISE BANK

दरवन्दी अभावमा नगरपालीकाको काम प्रभावति

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आवश्यक दरवन्दीको पदपुर्ति नहुदा जिल्लाको एक मात्र नगरपालीकाको काम प्रभावित भएको छ । रिक्त दरवन्दीका कारण नगरपालीकावाट प्रवाह गरिने सेवा प्रभावित भएको हो ।  जिल्ला सदरमुकाममा रहेको भेरीमालिका नगरपालीका स्थापना भएको समय एक वर्ष विति सकेको छ । 
एक वर्षको समय वितिसक्दा पनि दरवन्दी अभावमा नगरपालीकाले निर्धारण गरेका विभिन्न करहरु असुली गर्न नसकेको नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । त्यसैगरी प्राविधिक दरवन्दी अभावका कारण नगरपालीवाट पास गर्नु पर्ने नक्सा लगाएतका कामहरुको प्रारम्भ हुन नसकेको संयोजक शाहको भनाई छ ।
त्यसैगरी प्रशासनिक कर्मचारी दरवन्दी अभावका कारण वडा कार्यालयवाट प्रवाह गरिने सेवाहरु नगरपालीका कार्यालयवाटै प्रवाह गरिरहनु परेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ । ४ वटा वडाको संयुक्त वडा कार्यालय सञ्चालन गर्नु पर्ने प्रावधान भएता पनि १३ वटा वडा रहेको नगरपालीकामा हाल सम्म एक जना मात्र स्थायि वडा सचिव रहेको अधिकृत शर्माले जानकारी दिए ।
निजामति तर्फ एक कार्यकारी अधिकृत, एक सुव्वा, एक लेखापालको दरवन्दी रहेको नगरपालीमा हाल सम्म सुव्वाको दरवन्दी खाली रहेको छ । त्यसैगरी प्राविधिक दरवन्दी तर्फ एक ईन्जिनियर, २ ओभरसेर, २ सव ओभरसेर र एक सर्वेक्षक दरवन्दी रहेको नगरपालीकामा १ ईन्जिनियर र ३ जना सव ओभरसेर वाहेकका अरु दरवन्दी रिक्त रहेका छन् ।
प्रशासन तर्फ प्रशासन पाँचौं नासु २ दरवन्दी पुरै खाली रहेको छ भने, प्रशासन चौथो ९ दरवन्दीमा १ स्थायी र ३ अस्थायी वाहेक ५ दरवन्दी खाली रहेका छन् । त्यसैगरी ५ जना कार्यालय सहयोगी र १ जना भान्से गरि ६ दरवन्दीमा ५ कार्यालय सहयोगीको पदपुर्ति भएको छ । अन्यहरुको पदपुर्ति गर्नका लागि नगरपालीकाको श्रोत अभावका कारण पद पुर्ति गर्न नसकिएको नगरपालीका कार्यालयले जनाएको छ ।
नगरपालीका अझै पनि वाल्यकालिन अवस्थामै रहेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ । नगरपालीकामा खाली रहेको दरवन्दीको पदपुर्तिका लागि नगरपालीका वोर्डले अध्यक्षको पदपुर्ति गर्नु पर्ने प्रावधान अनुसार भक्खरै अध्यक्षको पदपुर्ति गरिएको अधिकृत शर्माले जानकारी दिए । नगरपालीका वोर्डले पदपुर्ति गरेको अध्यक्षमा नागरिक समाजका अध्यक्ष केशव जंग शाह रहेका छन् ।

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी