×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी डाँडामा कारभित्रै यौनजन्य क्रियाकलाप,पत्रकारको कार्ड देखाँउदै फरार

PRIME CA

चन्द्रागिरी डाँडामा कारभित्रै यौनजन्य क्रियाकलाप,पत्रकारको कार्ड देखाँउदै फरार

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौको चन्द्रगिरी केवुलकारको बेसमेण्ट थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन । कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको अवस्थामा अर्धनग्न अवस्थामा भेटिएका ति जोडीलाई स्थानियले हपारेका थिए ।
केहीले सार्वजानिक स्थलमै अश्लिल क्रियाकलाप गरेको भन्दै दुबैलाई थप्पड समेत लगाएका थिए । नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा दुवैजनाले हामी पत्रकार हौं भन्दै कार्ड देखाएपर्छि माफी दिएर छाडेको स्थानिय व्यापारी सन्तोष चौलागाईले बताए ।
समातिएका व्यक्ति चितवनमा व्यापार गर्ने पुरुष र महिला पत्रकार भएको खुलेको छ । यसबिषयमा बुझ्न थानकोट प्रहरीलाई फोन गर्दा आफुहरुले केही मानिसहरुको भिडभाडमा जम्मा भएको देखेपछि सो ठांउमा पुग्दा उक्त नम्बरको कार त्यहाबाट हिडिसकेको र स्थानियले पनि उजुरी गर्न नचाहेकाले आफुहरुले यसबारे खासै नबोल्ने प्रहरी साहायक निरिक्षक दिनेश कुमार सुनारले बताए ।
पछिल्लो समय थानकोट चन्द्रागिरी केवलकार संचालन भएपछि बिशेषगरी यस्ता जोडीहरु केवलकार चढ्न जाने र फर्कदा यस्ताखाले अश्लिल क्रियाकलापहरु देखाउने भएकाले प्रहरीले सो क्षेत्रमा निगरानी बढाउन थालेको छ ।
  • एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: