Skip to content
LAXMI SUNRISE BANK

नेपाली चेलीको सेक्स भिडियोवाला पोर्नसाइट बारे सोध्दा डीएसपी पशुपति कुमार राय नै भन्छन्, ‘अश्लील भिडियो राख्न पाइन्न भन्ने नियम छैन’

अर्थ सरोकार


काठमाडौँ – ईन्टरनेटको माध्यमबाट हुने विभिन्न अपराधबारे धेरै जानकार छन् । नेपाल प्रहरीले पनि इन्टरनेटको माध्यमबाट अपराध गर्ने वा गैरकानुनी काम गर्नेहरूलाई बेलाबेला पक्रिने गरेको छ । तर इन्टरनेटमा खुलेआम अश्लीलताको व्यापार गरेर पैसा कमाउँदा पनि यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । सन्दर्भ हो, एक नेपाली अश्लील साइटको । www.nepali****.net  डोमेन भएको यो साइट कोरियाबाट संचालन भएको छ । यसअघि कर्ता सरोकार डटकमले समाचार समेत सार्वजनिक गरेको थियो । तर दिनका दिन नयाँ नयाँ भिडियोहरु अपलोड हुँदा पनि प्रहरी भने मौन बसेको छ ।

यसबारे हामीले साइबर अपराध हेरीरहेका डीएसपी पशुपति कुमार रायलाइ सोधेका थियौं । उनले त उल्टै यस्तो भिडियो राख्न नपाइने कुनै पनि नियम नभएको बताए । ‘कुनै मुलुकमा यस्तो भिडियो राख्न नपाइने भन्ने नियम होला तर नेपाल लगायतका प्रजातात्रिक मुलुकमा यस्तो भिडियो वेव साइटमा राख्न नपाइने वा हेर्न नमिल्ने भन्ने नियम नै छैन ।’

यस्तो भिडियोले त अपराध जन्माउँदैन र ? वेव साइटमा अश्लील भिडियो राखेको निहुमा कतिपय अपराधिक घटना भएका छन् नि ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो भएको भए प्रहरीमा जानकारी गराउनु पर्छ । प्रहरीले कारवाही गर्छ । तर भिडियो हाल्नै नपाइने वा हेर्ने नपाइने भन्ने चाहिं होइन ।’ अनि बिगतमा नीलोपाटी नामक अनलाइन किन बन्द गरियो त ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘त्यो कसले बन्द गर्यो मलाइ थाहा भएनन । या सम्बन्धि अरु जानकारी नेपाल टेलिकमलाइ थाहा होला त्यहाँ सोध्नुहोस् । केहिमहिना अघि अर्थ सरोकार डटकमका सम्बाददाता सुरज प्याकुरेलले रातोपाटी डटकममा हुँदा उनलाई सम्पर्क गर्दा उनले अश्लील वेव साइट चलाउनु अपराध भएको बताएका थिए । उक्त समाचारको लिंक यहाँ छ ।  

४०० बढी नेपाली अश्लील भिडियो
यो साइटले ४०० भन्दा बढी अश्लील नेपाली भिडियो संग्रहित गरिसकेको छ । नेपाली अलावा पाकिस्तानी र भारतीय अश्लील भिडियो पनि यो साइटले संग्रहित गरिसकेको छ । नेपालमा केही वर्ष अगाडि निकै नै चर्चामा आएको नम्रता श्रेष्ठको अश्लील भिडियोदेखि पछिल्लो समय कलेजका केटाकेटीहरूले बनाएको अश्लील भिडियोसमेत वेबसाइटमा संग्रहित भइसकेको छ । दैनिकजसो अपडेट हुने यो वेबसाइट विगत ४ बर्षदेखि सञ्चालन भइरहेको छ । जो कसैले सामान्य ‘लग इन’ गरेर अश्लील भिडियो राख्न मिल्ने भएकाले पनि साइट निरन्तर अपडेट भएको देखिन्छ ।
कसले संचालन गर्छ यस्तो वेबसाइट
 प्राप्त जानकारीअनुसार रोजगारीका लागि कोरिया गएका एक नेपालीले यो साइट संचालन गरेका हुन् । ६ बर्ष अघि कोरिया गएका उनले यसबाट राम्रो आम्दानी गर्न थालेपछि साइटलाई व्यवसायिक रूपमै अगाडि बढाएका हुन् । सुरुवाती दिनमा कोरियाबाटै अपडेट हुने भएपनि हाल विश्वका कुनै पनि ठाउँबाट जो कसैले अश्लील भिडियो तथा फोटो अपलोड गर्न मिल्ने प्रविधि प्रयोग गरिएको हुनाले यस साइटमा नेपाली, हिन्दी र पाकिस्तानी भिडियोहरू अपलोड भएका छन् । आफूलाई साइट संचालकका साथी बताउने विकास लामा (नाम परिवर्तन) भन्छन् ‘साइट संचालकले मासिक रूपमा निकै राम्रो पैसा कमाउँछन् यो साइटबाट । त्यसैले पनि उनी यो साइटलाइ निरन्तरता दिने मनसायमा छन् ।’
कसरी हुन्छ कमाइ ?
‘यो साइटका थुप्रै ठाउँमा अन्य अश्लील साइटका बिज्ञापनहरू राखिएका छन् । उक्त बिज्ञापनमा क्लिक गरेको खण्डमा त्यसबापत साइट संचालकले पैसा कमाउने गरेका छन् ।’ लामाले सुनाए । उनी अगाडि भन्छन् ‘नेपालमा यो वेबसाइट नियमित हेर्ने दर्शक पनि छन् । कतिपय भिडियोहरू नेपालबाटै अपलोडसमेत भएका छन् ।’ उनका अनुसार नुहाउँदै गरेका, अश्लील शब्द प्रयोग भएका, विभिन्न स्क्याण्डल, लुकेर खिचिएका वा सहमतिमै खिचिएका अश्लील भिडियोहरू समेत साइटमा अपलोड भएका छन् । सबैजसो भिडियोका माथि, तल दायाँ र बायाँ स्थानमा विज्ञापन राखिएका हुनाले पनि साइटको कमाइ निकै राम्रो छ ।
अश्लील लेख्ने बन्द, देखाउने अझै संचालनमा
बिकास लामा अगाडि भन्छन्, ‘यसअघि विदेशबाट नै नेपाली अश्लील कथाहरू लेखिने साइट नीलोपाटी डटकम संचालनमा आएको थियो । तर त्यसको केही समयपछि उक्त डोमेन नेपालमा ’ब्लक’ भयो । तर विगत लामो समयदेखि संचालनमा आएको यो वेबसाइट भने अझै संचालनमा छ । उनका अनुसार संचालकले एक्लै साइट संचालन गर्न गाह्रो भएकाले पार्टनर गर्न समेत प्रस्ताव गरेका थिए । नेपालमा यो काम गैरकानुनी भएकाले आफूले उनको प्रस्ताव नमानेको बताउँदै उनले भने, ‘यस्ता साइटले गर्दा कतिको घर परिवार बिग्रिएको छ । नेपाल प्रहरीले यसबारे ध्यान दिनुपर्ने हो ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK