Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेश्रो वर्षमा प्रवेश, नेपाल स्नेही काखलाई दियो तीन लाख रुपैयाँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) स्थापनाको तेश्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल स्नेही काखलाई उक्त सहयोग गरेको हो । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुनेछ । 
मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिई राखेका छन् । उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK