×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२ तोला अवैध सुनसहित भारतीय नागरिक नागढुङ्गाबाट पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

२२ तोला अवैध सुनसहित भारतीय नागरिक नागढुङ्गाबाट पक्राउ

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । २२ तोला ३२ लाल अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरी–२ नागढुङ्गाबाट बुधबार साँझ २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराहका ३१ वर्षीय तपास सस्माललाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाएको अवस्थामा उक्त सुनको सिक्री फेला पारेको हो । सुनको बिल भरपाई केही नभेटिएपछि सुनसहित सस्माललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी