- अर्थ सरोकार सम्बाददाता
सोलुखुम्बु – सोलुखुम्बुका कृषक कृतिम गर्भाधानप्रति निकै उत्साहित भएका छन् । गाई र भैसीको कृतिम गर्भाधान गर्न थालिएको करिव ६ महिनामा नै धेरै कृषकहरुले कृतिम गर्भाधान गराउन थालेका हुन् ।
के को लागि ?
घरपालुवा गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृतिम गर्भाधान गराइ नश्ल सुधार गर्दै व्यवसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा २६ वटा भैसी र ४० वटा गाईको कृतिम गर्भाधान गरिसकेको छ ।
कसरी दिईन्छ सेवा ?
पशुको उत्पादकत्व वृद्धि गराउन सेवा कृतिम गर्भाधारण सुरु भएको हो । जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका प्राविधिकले हाललाई मोटरबाटोको सुविधा भएको ठाउँसम्म घर मै पुगेर कृतिम गर्भाधान सेवा दिईरहेका छन् ।
के केमा गरिएको छ ?
गाईभँैसी र बाख्रामा कृतिम गर्भाधान गराउन सकिने भए पनि हाल गाईभँैसीका लागि मात्र सेवा सञ्चालन गरिएको छ । कृतिम गर्भाधान सेवा सुरु भएपछि राँगो र साँढे पाल्नु नपर्ने हुँदा लागत कम हुने, बाच्छाबाच्छी र पाडापाडीको नश्ल सुधार तथा दूध उत्पादनमा वृद्धि हुने कार्यालयले जनाएको छ ।
कहाँबाट ल्याइन्छ ?
स्थानीय तथा उन्नत जातका गाईभैँसीमा कृतिम गर्भाधान गराउन सकिने कार्यालयले जनाएको छ । कृषकको तीव्र माग भएका कारण कृतिम गर्भाधान सेवा वृद्धि हुदै आएको छ । पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रबाट ढुवानी गरि सेवा दिईरहेको जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुले जनाएको छ ।