
- अर्थ सरोकार सम्बाददाता
बागलुङ – जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ बिद्युत अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित भएका छन् । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु-याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।
टेलिकमका सबै सेवा बन्द
टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द छन् । लघुजलविद्युत् आयोजनामा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको जानकारी पाइएको छ ।
कुन ठाउमा कति समय लाग्छ ?
विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएका छन् । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्