- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज पनि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।
यस अवधिमा नेप्से ८२.१७ अंकले बढेर २४९८.१७ बिन्दुमा पुगेको छ । ३ अर्वमाथिको ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् ।