×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सले नबिकेको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर फागुन २८ गतेदेखि लिलामीमा ल्याउने

LAXMI SUNRISE BANK
GLOBAL

मल्टीपर्पस फाइनान्सले नबिकेको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर फागुन २८ गतेदेखि लिलामीमा ल्याउने

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको फागुन २८ गतेदेखि १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको सो परिमाणको संस्थापक फागुन २८ गतेदेखि लिलामीमा ल्याउने भएको हो । 
सो सेयर खरिद गर्नको लागि कम्पनीका संस्थापक, इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार बोलकबोल गर्दा आवेदकले न्यूनतम एक हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिछ । कम्पनीले यसअघि असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी