×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ शुक्रबारबाटै भर्न पाइने

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ शुक्रबारबाटै भर्न पाइने

अर्थ सरोकार

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ लाख कित्ता आईपीओ भर्ने मिति सरेको छ । मिति सरेसंगै अब कम्पनीको ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ आगामी शुक्रबारबाटै भर्न पाइने भएको हो । यसअघि कम्पनीले फागुन २३ गते आइतबारबाट आईपीओ बिक्री खुला गर्ने जनाएको थियो ।
नियमित सेयर कारोबार खुल्ने दिनमा मेरो सेयरमा अधिक चाप पर्ने र त्यसले लगानीकर्तालाई ईडीआईएस गर्न समस्या हुने भएकाले शुक्रबारबाटै आईपीओ निष्कासन गर्न सीडीएससीले सुझाव दिएपछि मिति परिवर्तन भएको हो । १०० रुपैयाँ अंकित दरको सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: