Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंक र क्यानबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) बीच सम्झौता भएको छ । देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनको लागि सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको हो । दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन् ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यानका तर्फबाट क्यानका उपाध्यक्ष रञ्जित कुमार पोदरले हस्ताक्षर गरेका हुन् । 
साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ ।  बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK