
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिले थप नयाँ कम्पनीलाई इजाजत दिने विषयमा कुनै पनि निर्णय नभएको जनाएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै केहि दिनयता विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा थप नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
समितिले नयाँ बीमा, निर्जीवन बीमा र लघु बीमा कम्पनीहरूको लागी लाइसेन्स वितरण गर्ने तयारीमा रहेको भन्ने समाचारहरूप्रति आपत्ति जनाएको हो । समितिको विज्ञप्तिमा ‘यसरी प्रकाशित समाचारहरू असत्य, भ्रामक र कपोलकल्पित रहेका र यी समाचारहरू समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको देखिन्छ।’ उल्लेख छ । साथै समितिले यस प्रकारका समाचारहरू प्रकाशित र नगर्न अनलाइन तथा पत्रिकालाई अनुरोधसमेत गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्