×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन, न्यूनतम भाउ १२ सय रुपैयाँ

PRIME CA

नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन, न्यूनतम भाउ १२ सय रुपैयाँ

अर्थ सरोकार

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ ।  आज कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको थियो । यसमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले न्यूनतम भाउ १२ सय रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् ।
सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । यसमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: