×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे २५ लाखसहित दुई जना हुण्डी कारोबारी धनुषा प्रहरीको नियन्त्रणमा

PRIME CA

साढे २५ लाखसहित दुई जना हुण्डी कारोबारी धनुषा प्रहरीको नियन्त्रणमा

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनुषा । प्रहरीले धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले महोत्तरी बस्ने एक जना टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव पक्राउ गरेको हो । 
धनुषाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा साढे २५ लाख हुण्डी रकमसहित भारततर्फ गइरहेको अवस्थामा उनीहरूलाई जटही नाकाबाट पक्राउ गरेको हो  ।  
यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: