Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त, १२ वर्षभन्दा बढीको बैंकिङ अनुभव

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । १ बसेको सञ्चालक समितिको बैठकले क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई  १ गतेदेखिनै लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो । उनी एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग-४) मासमेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ । ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्न सक्ने विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK