×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीको सुरुङमा पानी पठाएर परीक्षण शुरु, सुरुङ भरिन १६ दिन लाग्ने (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

मेलम्चीको सुरुङमा पानी पठाएर परीक्षण शुरु, सुरुङ भरिन १६ दिन लाग्ने (भिडियो रिपोर्ट)

११ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
सिन्दुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि आज (सोमबार) पानी छोडिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नुभयो । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ । परिक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंबासिले मेलम्चीको पानी खान पाउनेछन् । सो अवसरमा खानेपानी मन्त्री थापाले सुरुङमा पानी पठाउने काम सफल भएपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने काम हुने बताउनुभयो । त्यसपछि दुई देखि तीन महिनामा उपत्यकाबासिका लागि पानी वितरण गरिने बताउनुभयो ।
शुरुवाती चरण भएकोले अहिले सुरुङको क्षमता भन्दा कम पानी छाडिने आयोजनाले बताएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटर सम्म पानी पठाउने काम भएको बताउनुभयो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि १० दिन सम्म परीक्षणका लागि राखिने र त्यसपछि पुनः एकपटक सुरुङ खाली गरेर जाँच गरिने बताउनुभयो । मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाईने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ ।
गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि एसियाली विकास बैंकको अनुदान सहयोगमा सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गरिएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: