×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आइपीओमा आज कार्यालयसम्म मात्र आवेदन दिन पाईने, १० कित्ता भरे पुग्ने

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार

PRIME CA

सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आइपीओमा आज कार्यालयसम्म मात्र आवेदन दिन पाईने, १० कित्ता भरे पुग्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १४ लाख ५० हजार कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । कम्पनीले माघ ४ गतेदेखि पहिलो चरणको आइपिओ बिक्री खुल्ला गरेको थियो । 
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा अर्थात दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । आइपिओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई तोकिएको छ । कम्पनीले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: