×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुद्वारा जेठ मसान्तमा २७ अर्ब निक्षेप संकलन, वैशाखको तुलनामा कर्जा लगानी भने ७ अर्बले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वाणिज्य बैंकहरुद्वारा जेठ मसान्तमा २७ अर्ब निक्षेप संकलन, वैशाखको तुलनामा कर्जा लगानी भने ७ अर्बले घट्यो

Artha Sarokar

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य बैंकहरुले जेठ मसान्तमा २७ अर्ब रुपैंया निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले जेठ मसान्तमा २७ अर्ब रुपैंया निक्षेप संकलन गरेका हुन् । 
यस्तै बैंकहरुले यस अवधिमा ३१ अर्ब रुपैंया कर्जा लगानी गरेका छन् । जुन वैशाख महिनाको तुलनामा जेठमा बैंकहरुको निक्षेप संकलन १६ अर्ब रुपैंयाले बढेको र कर्जा लगानी झण्डै ७ अर्ब रुपैंयाले घटेको हो । वाणिज्य बैंकहरुले वैशाख महिनामा कुल ११ अर्ब रुपैंया निक्षेप संकलन गरी ३८ अर्ब रुपैंया कर्जा लगानी गरेका थिए । 
गत फागुन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब २६ अर्ब रुपैंया र कर्जा ३४ खर्ब १२ अर्ब रुपैंया रहेकोमा चैत मसान्तमा उक्त रकम क्रमशः ३९ खर्ब ४४ अर्ब र ३५ खर्ब ७३ अर्ब रुपैंया पुगेको थियो । यस आधारमा चैतमा मात्र १ खर्ब १८ अर्ब रुपैंया निक्षेप संकलन भई १ खर्ब ६१ अर्ब रुपैंया कर्जा परिचालन भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी