×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेता घाेषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेता घाेषणा

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेताहरु घाेषणा भएकाे छ । यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसाेर्सिङ् प्रतियोगिता हो । माई मोबाईल मनि प्रतियोगितामा विभिन्न ५ वटा शिर्षकमा सहभागीहरुले प्रत्येक शिर्षकमा ३ मिनेट सम्मकोकुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ताका आधारमा पहिलाे शिर्षक बिल भुक्तानीकाे विजेता १ मा विराटनगरका लंकेश दंगल र भक्तपुर बिखुन्चेले भएका छन् । यस्तै दाेस्राे शिर्षक बिल भुक्तानी २ पाेखराका विकास त्रिपाठीले र तेस्राे शिर्षक कार्ड सेवा काठमाडाैंका सन्ताेस शाक्यले जितेका छन् ।
चाैथाें शिर्षक कार्ड रहित नगद निस्काषनकाे विजेता भरतपुरका भुवन तिवारी भएका छन् भने पाँचाैं शिर्षक नगद ट्रान्स्फरकाे विजेता मुस्ताङका छेवाङ गुरुङले भएका छन् । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरुबाट २५० भन्दा बढी भिडियोहरुबाट उक्त छ वटा भिडियाे विजेता बनेकाे बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी