×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि तथा पशुपन्छी बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि तथा पशुपन्छी बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने भएको छ ।  बीमा समितिले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने  निर्देशन दिएको हो ।  समितिले चालु आर्थिक वर्ष देखि लागू हुने गरी उक्त निर्देशन दिएको हो ।

समितिले नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख भएअनुसार खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै अनुदानको व्यवस्था गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

जस अनुसार साउन १ गते देखि खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छीको बीमा गर्ने किसान तथा कृषि व्यवसायिहरुले कुल बीमाशुल्कको ५० प्रतिशत मात्रै छुट पाउनेछन् । गत आर्थिक वर्ष सम्ममा सरकारले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको थियो । निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी बीमामा किसानहरुले पाउदै आइरहेको अनुदान २५ प्रतिशतले घटाएर ५० प्रतिशत मात्रै पाउने घोषण गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी