×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले फोर्स लिभमा बस्दा सात दिन पर्यटकीय स्थल घुम्नुपर्ने, ल्यायो यस्तो योजना

PRIME CA

ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले फोर्स लिभमा बस्दा सात दिन पर्यटकीय स्थल घुम्नुपर्ने, ल्यायो यस्तो योजना

अर्थ सरोकार

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।
कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरुको आवत-जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।
बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको बैंकले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटिएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
यस्तै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: