×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीद्वारा २० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी

PRIME CA

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीद्वारा २० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको छ । ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धनबहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका थिए ।
श्रीकृष्ण महर्जनको जेठ १ गते संक्रमणको कारण मृत्यु भएको व्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्तर्गत दाबी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेका थिए ।
कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले श्रीमती रजिसा महर्जनलाई उनको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दाबी भुक्तानी हस्तान्तरण गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: