×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक, निःशुल्क डिम्याट खाता र सी–आस्बा सुविधा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक, निःशुल्क डिम्याट खाता र सी–आस्बा सुविधा लिन सकिने

Artha Sarokar

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५०० सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधा लिन सकिने भएको छ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी-आस्बाको सुविधा लिन सक्ने भएका छन् ।
वर्तमान अवस्थामा कोभिड-१९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर
मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्याउन यो खाताको मुख्य उद्देश्य रहेको यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् । हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधाप्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी