Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटलद्धारा ‘समर डिम्याट स्किम’ योजना सञ्चालनमा, मेरो सेयर र डिम्याट खाता फ्रिमा खोल्न पाईने

अर्थ सरोकार

काठमाडौं । प्रभु क्यापिटलले डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ आजबाट सञ्चालनमा ल्याएको छ । कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । कम्पनीको अनुसार यो योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुनेछ ।

साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्ने एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन दिएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन  https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK