काठमाडौं । सोमबार रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । कारोबारको एक घण्टाको अवधिसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६ ले बढेर अन्तिम मूल्य ६१६ कायम भएको हो ।
सेयर खरिद चाप उच्च हुँदा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्म रिडी हाइड्रोपावरसँगै विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।