काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट – साफाद्वारा आयोजित साफा बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र (Financial Service Sector) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।
सन् २०२६ नोभेम्बर २८ तारिखमा बङ्गलादेशको ढाकामा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गलादेश (ICAB) को आतिथ्यतामा आयोजित समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
SAFA दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसअघि बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित ‘National Best Presented Annual Report Award 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘Silver Award’ प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस सम्मानले विकास बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
हालै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विकास बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत क्ष्क्इरक्ष्भ्ऋ द्दठण्ण्ज्ञस्द्दण्द्दद्द प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्