- सुरज प्याकुरेल
एभेरेष्ट बैंक लिमिटेड । नेपालका चर्चित बैंकहरु मध्येको एक । काठमाडौँ लामिम्पाटमा मुख्य कार्यालय रहेको यो बैंकमा देशका सानादेखि ठूला व्यापारीसम्मले कारोबार गर्ने गरेका छन् । व्यापारी मात्र होइन देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले पनि यहि बैंकमार्फत आर्थिक कारोबार गर्ने गरेका छन् । तर नेपालमा धेरै जनताको मन जित्न सफल समेत भएको यो बैंकले देशलाइ भने धोका दिइरहेको छ । स्रोतका अनुसार नेपालमा रहेको एभेरेष्ट बैंकले नेपालमा हुने विभिन्न व्यापार, राजनीतिक व्यक्तित्वका कारोबार लगायत धेरै कुराको भारतमा सुराकी गर्ने गरेको पाइएको छ ।
(अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले जनआह्वान साप्ताहिकमा लेखेको समाचार ।)