×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा सिमेन्टको दादागिरी ! निर्देशन पालना गर्न आलटाल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सगरमाथा सिमेन्टको दादागिरी ! निर्देशन पालना गर्न आलटाल

२० जेष्ठ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–दाङको घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दे आएको सगरमाथा सिमेन्ट बजारबाट उद्योगमा फिर्ता नभएको पाइएको छ । नेपाल नापतौल तथा गुुणस्तर विभागले उद्योगलाई पत्र काटेर सरगरमाथा ओपिसी सिमेन्ट गुणस्तर हिन भेटिएकोले उत्पादन रोकी उत्पादित सिमेन्ट बजारबाट फिर्ता लिने दिएको निर्देशन उद्योगले अटेरी गर्दे आएको छ ।
चैत ३० गते विभागले पत्र काटेर उद्योगलाई कानुनी कारवाहीको समेत चेतावनी दिएको छ । तर उद्योगले त्या चिठीको अहिले सम्ममा कुनै कार्यान्वयन गरेको छैन । माघ महिला उद्योगले उत्पादन गर्ने सिमेन्टको गुणस्तर चेकजाच गर्दा गुुणस्तर नपुुगेको र गुणस्तर हिन भएको भन्दै उत्पादन रोकी बजारको सामान फिर्ता नि र विक्रीवितरण रोक्न निर्देशन दिएको थियो ।
अहिलेसम्म उद्योगले उत्पादन गरेको सगरमाथा ओपिसी सिमेन्ट उत्पादन पनि रोकीएको छैन भने बजारमा पनि विक्रीवितरण कायमै राखिएको छ । विभागको निर्देशन उद्योगले अटेर गरेका छ । स्थानीय सगरमाथा सिमेन्टका बिक्रेताहरुले आफुहरुलाई यस विषयमा उद्योगले कुनै पनि जानकारी नदिएको बताएका छन ।
उनीहरुले आफुुहरुले सिमेन्ट बेचिरहेको र कुनै पनि प्रकारले विक्रीवितरण रोक्ने वारेमा जानकारी नभएको बताए । हामीलाई यस विषयमा कुनै जानकारी छैन एक व्यवसायीले भने नियमित रुपमा बेचिनै रहेका छौ, उद्योगले पनि पठाइ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: