
काठमाडौं–दाङको घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दे आएको सगरमाथा सिमेन्ट बजारबाट उद्योगमा फिर्ता नभएको पाइएको छ । नेपाल नापतौल तथा गुुणस्तर विभागले उद्योगलाई पत्र काटेर सरगरमाथा ओपिसी सिमेन्ट गुणस्तर हिन भेटिएकोले उत्पादन रोकी उत्पादित सिमेन्ट बजारबाट फिर्ता लिने दिएको निर्देशन उद्योगले अटेरी गर्दे आएको छ ।
चैत ३० गते विभागले पत्र काटेर उद्योगलाई कानुनी कारवाहीको समेत चेतावनी दिएको छ । तर उद्योगले त्या चिठीको अहिले सम्ममा कुनै कार्यान्वयन गरेको छैन । माघ महिला उद्योगले उत्पादन गर्ने सिमेन्टको गुणस्तर चेकजाच गर्दा गुुणस्तर नपुुगेको र गुणस्तर हिन भएको भन्दै उत्पादन रोकी बजारको सामान फिर्ता नि र विक्रीवितरण रोक्न निर्देशन दिएको थियो ।
अहिलेसम्म उद्योगले उत्पादन गरेको सगरमाथा ओपिसी सिमेन्ट उत्पादन पनि रोकीएको छैन भने बजारमा पनि विक्रीवितरण कायमै राखिएको छ । विभागको निर्देशन उद्योगले अटेर गरेका छ । स्थानीय सगरमाथा सिमेन्टका बिक्रेताहरुले आफुहरुलाई यस विषयमा उद्योगले कुनै पनि जानकारी नदिएको बताएका छन ।
उनीहरुले आफुुहरुले सिमेन्ट बेचिरहेको र कुनै पनि प्रकारले विक्रीवितरण रोक्ने वारेमा जानकारी नभएको बताए । हामीलाई यस विषयमा कुनै जानकारी छैन एक व्यवसायीले भने नियमित रुपमा बेचिनै रहेका छौ, उद्योगले पनि पठाइ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्