×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

के पचाइएकै हो त एपेक्स डेभलपमेन्ट बैंकको ३६ करोड ? (फलोअप नम्बर. १)

काठमाडौँ – एक बर्ष भयो, एपेक्स  डेभलपमेन्ट बैंकभित्र ३६ करोडको चलखेल भएको तथ्य सार्वजनिक भएको । जनताको पसिना चुस्न पल्किएका एपेक्स भित्रका कर्पोरेट बेइमानहरुले यस तथ्यलाई बाहिर ल्याउनेदेखि यस बिषयमा कुरा उठाउनेसम्मलाई आफ्नो बसमा पारेर ३६ करोड रुपैयाँ ‘पच’ पार्ने दाउमा छन् । र करिव एक बर्षअघि एपेक्समा भएको त्यहि काण्डलाइ अहिले मर्जरका नाममा ढाकछोप गरेर जनताको पसिनामाथि अन्याय गर्ने प्रयास गरिएको छ।  र त्यहि प्रयासविरुद्धको यो ‘फलोअप’ सृंखला हो ।

मर्जरलाइ संकटग्रस्त बैंक तथा वित्तीय संस्थाले भोग्ने कारवाही बाट बच्ने हतियार बनाइने गरेको तथ्य र एपेक्स बैंकभित्रको घोटाला छताछुल्ल भएपनि बैंकभित्रको एक गिरोहनै लागेर जनताको ३६ करोड ‘झ्वाम’ पार्न लागि परेको छ । बैंकका कनिष्टदेखि बरिष्टसम्मलाई पैसा बाढेर होस् वा पत्रकारलाइ पैसा खुवाएर होस्, बैंकका उच्च तहका कर्मचारीहरु बैंकबाट करोडौं रुपैयाँ पचाउन लागि परेका छन् ।

करिब दुई वर्षअघि रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, मध्यपश्चिमको रारा विकास बैंक र पोखराको अपी फाइनान्स समेत मर्ज भएर बनेको राष्ट्रियस्तरको विकास बैंक एपेक्स डेभलपमेन्ट बैंकमा गुन्डा र माफियाको चरम चलखेलका कारण सर्वसाधारणको सात अर्ब निक्षेप जोखिममा परेको रहस्य खुलेको छ । तर यो तथ्यलाई ढाकछोप गरेर सकेसम्म चाडो मर्जर प्रक्रियामा अगाडी बढी जनताको पसिना चुस्ने काममा एपेक्सका ‘ठालु’हरु लागि परेका छन् ।    


बैंकका सञ्चालकको मिलेमतोमा मर्जरको एक दिनअघि नै बदनियतपूर्ण ढंगले विभिन्न नक्कली ऋणी र कम्पनी खडा गरी रोयल मर्चेन्टले ३६ करोड रुपैयाँको ऋण फाइल सदर गरेको थियो । स्रोतका अनुसार रोयल मर्चेन्टका तत्कालीन सञ्चालकले एपेक्समा  राम्रो छविका अध्यक्ष हटाई सीईओलाई समेत लात मार्ने षड्यन्त्र रचेपछि उनीहरूको चंगुलमा बैंक फसी सर्वसाधारणको सात अर्ब निक्षेप संकटमा पर्ने ‘कन्फर्म’ भएको हो।
यस्तो छ ३६ करोड रुपैयाँ ‘झ्वाम्’ पार्ने खेलको नालीबेली 
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए । त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाइएको थियो । अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् ।

कांग्रेसको नाम बेचेर दादागिरी :

अहिले एपेक्स बैंकमा पुगेका ३६ करोड पचाउने खेलका ‘डिजाइनर’ विष्णु धिताल नेपाली काँग्रेसको लमजुङ निर्वाचन क्षेत्र– १ का क्षेत्रीय सभापति पनि हुन् । उनले आफू काँग्रेसकै कोटाबाट गभर्नर नियुक्त डा. चिरञ्जीवी नेपाललाई समेत घुमाउन सक्ने भन्दै आफ्ना विरोधीलाई थर्काउने गरेका छन् । यस्तै, ध्वाँस दिएर केन्द्रीय बैंकका कतिपय सम्बन्धित विभागका अधिकारीलाई समेत हातमा लिई ३६ करोड पचाउने खेलमा लागेको समेत बताइएको छ । धितालले आफूलाई जस्तोसुकै काममा पनि कांग्रेसको साथ रहेकाले कसैले पनि केहि गर्न नसक्ने भन्दै अरुलाई थर्काउने गरेका छन् । धितालको ३६ करोड झ्वाम् पार्ने योजनामा मधुवन, वसन्त, लोकेन्द्र कर्माचार्य र सुवर्ण राजभण्डारीले समेत साथ दिइरहेको स्रोतको दावी छ । पछिल्लो समय धिताल समूहले छानबिन समितिका संयोजक त्रिपाठीलाई पनि आफ्नो हातमा लिइसकेका छन् ।गत २७ भदौको गुफा बैठकमा उनी समेत सहभागी भएको निमित्त सीईओ ऋषिराज भट्टको फेसबुकमा राखिएको तस्बिरबाट समेत प्रस्ट हुन्छ । त्यस अलावा सो बैठकमा सुवर्ण राजभण्डारी, लोकेन्द्रमान कर्माचार्य, विष्णु धिताल, ऋषिराज भट्ट र रामचन्द्र बस्यौला पनि सहभागी थिए ।
वागमती नदीलाई बेच्नेलाइ किन कारवाही हुँदैन  ? 
छानबिन समितिले खोजी गर्दै जाँदा भीरपाखा, खोलानालाको नाममा समेत नक्कली ऋणी तथा फाइल खडा गरी ऋण प्रवाह भएको देखिएको छ । समूहले एनबीएस सुपरमार्केटको नाममा दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । जब कि  ऋणका लागि धितो राखिएको जग्गा पूर्वी नेपालको एक खोलो रहेको पत्ता लागेको छ । पछिल्लोपटक धितोमा उल्लिखित जग्गा खोज्दै जाँदा त्यसको मूल्यांकन शून्य देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, एक सञ्चालक समितिका सदस्यले सञ्चालन गरेको काठमाडौँको सम्पूर्ण काष्ठ उद्योगको नाममा समेत तीन करोड ऋण प्रवाह भएको देखिएको छ । त्यसको धितोमा समेत जग्गा राखिएको छ । पछिल्लो समय छानबिन समितिले खोज्दै जाँदा तीन करोड ऋणका लागि राखिएको धितोमा उल्लिखित जग्गामा वागमती नदी फेला परेको एक सदस्यले बताए । नयाँ बानेश्वरको बादसाह फुडल्यान्डलाई समेत समूहले साढे दुुुई करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ । सम्बन्धित ऋणीलाई सोध्दा उनले आफूले ऋण नै नलिएको छानबिन समिति समक्ष बयान दिएका छन् । यसको अर्थ धिताल समूहले नक्कली ऋणी खडा गरेर अरूको नाममा समेत ऋण लिएर पचाउन खोजेको देखिएको छ ।

३६ करोड पचाउन गुण्डाहरुको समेत प्रयोग :
एपेक्स डेभलपमेन्ट बैंकलाई डुबाउने खेलमा लागेका धितालले आफ्नो लक्ष्य प्राप्तिका लागि गुन्डाहरूको समेत परिचालन गर्ने गरेका स्रोतको दाबी छ । उनलाई साथ दिने वसन्त मल्ल मर्जरअघि नै राष्ट्र बैंकको कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनी रोयलमा हुँदा केन्द्रीय बैंकले दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो । त्यसो त धितालले बैंकको करोडौँ रुपैयाँ मात्र हिनामिना गरेका छैनन्, आफू लमजुङ काँग्रेसको सभापति हुन्छु भन्दै जिल्ला आउँदा–जाँदाको खर्चको बिलसमेत बैंकबाटै भराउने गरेका छन् । आफ्नै गाडी छ उनको, तर लमजुङ जाँदा र आउँदा गाडी भाडा भनेर एक दुई हजारमा समेत गति छाड्ने गरेका छन् । पार्टीको काममा लमजुङमा गएर सानदार होटेलमा बसेको बिलसमेत बैंककै नाममा आउने गरेको कर्मचारी बताउँछन् ।

शक्तिकेन्द्र धाउँदै एपेक्सभित्रको गिरोह 
संस्थाबाट समेत ती कर्तुत सार्वजनिक हुने डरले धिताल नेतृत्व समूह शक्तिकेन्द्र धाइरहेको छ । रोयलबाट लगानी भएका धेरै ऋण डुब्ने अवस्थामा छन् । स्रोत भन्छ, ‘राष्ट्र बैंक चनाखो भएन भने एपेक्स डेभलपमेन्ट निकै ठूलो समस्यामा पर्न सक्छ ।’ हाल यो बैंकको ऋण प्रवाह साढे चार अर्ब, निक्षेप साढे ६ अर्ब (करिब सात अर्ब) रहेको छ । उपाध्याय सीईओ भएर आउनुअघि साढे तीन अर्ब निक्षेप थियो । डेढ वर्षको अवधिमा उपाध्यायले निक्षेपमा दोब्बर प्रगति हासिल गरेर देखाइदिए, राष्ट्र बैंकले लगाएको शीघ्र सुधारात्मक कारबाही पनि आफू सीईओ नियुत्ति भएको तीन महिनामै हटाउन सफल भए ।
राष्ट्र बैंक अझै मौन :
सर्वसाधारणको यति धेरै रकम संकटमा पर्दा समेत सामान्य अवस्थाको संकटग्रस्त वित्तीय संस्थालाई संकटग्रस्त घोषणा गरी पीसीए (शीघ्र सुधारात्मक कारबाही) को व्यवस्था लागू गर्ने राष्ट्र बैंक भने यो काण्डमा मौन बसेको छ । बरु उल्टै बैंक डुबाउने खेलमा लागेकाले आफूहरूले गभर्नरलाई समेत चलाउन सक्ने ध्वाँस दिँदै अन्य सञ्चालकलाई धम्क्याउने र डेढ वर्षको अवधिमा निक्षेप संकलन तथा कर्जा लगानीमा दोब्बरले फड्को मारेको बैंकलाई सखाप पर्ने खेल सुरु गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: