×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकलाई कारवाही सिफारिस गरेका छौंःअख्तियार, सरकारको पैसामा मस्ती (फलोअप नम्बर.४)

अर्थ सरोकार

प्रकाशित मिति : ६ श्रावण २०७३, बिहीबार

PRIME CA

हिमालयन बैंकलाई कारवाही सिफारिस गरेका छौंःअख्तियार, सरकारको पैसामा मस्ती (फलोअप नम्बर.४)

नेपालका प्रथम गर्भनर हिमालय शम्शेर जवराको लगानी रहेको र आफ्नै छोरा बैंकको सिइओ रहेको हिमालयन बैंकलाई क्यान्सर भएको भन्दा फरक पदैन ।
बाहिर हेर्दा खानदानी बैंक जस्तो देखिए पनि भित्र क्यान्सरले खाइसकेको हिमालयन बैंकलाई पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेको खुलासा भएको छ । बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठ र सिइओ अशोक शम्शेर जबरा वीच जब जनताको पैसा लुट्ने कुरामा मनमुटाब हुन्छ तब दुबैले एक अर्काको बिरुद्ध अख्तियारमा उजुरी हाल्न पुग्छन । 

करिब ४ वर्ष यस्तै नाटक भयो हिमालयन बैंकमा
अख्तियारले राष्ट्र बैंक मार्फात दर्जनौं फाइल छानवीन गरेको र अध्यक्ष श्रेष्ठ र सीइओ राणालाई पटक पटक बयान समेत लिएको भेटिएको छ । अख्तियार कर्मचारी भन्दछः– १ वर्षमा हिमालयन बैंकका अध्यक्ष र सिइओ, कम्पनी सचिव २० पटक भन्दा बढी वयान दिन आएका छन् ।
आफूलाई उच्च कोटिको बैंकर र बैंकको धाँक लगाउने राणा परिवार र श्रेष्ठ परिवारले बैंकमा गरेको लुटको खेतीबारे विभिन्न अनलाईन र साप्ताहिकहरुमा समाचार आए पछि बैंक भित्र ठूलै हल्ला खल्ला मच्चिएको छ ।
दर्जनौ काण्ड हुदै राष्ट्र बैंकको करोड भन्दा बढी जरिवाना भोगेको हिमालयन बैंकको स्थलगत निरिक्षण प्रतिवेदन हामीले प्राप्त गरेका छौं । सो प्रतिवेदन भित्र दर्जनौंं गल्ती देखिएको छ । यति ठूला गल्ती छन, किन राष्ट्र बैंक कारवाही गदैन । यसको उत्तर श्रीमान गर्भनर सावले दिने कि ? हिमालयन शम्शेर जवराको इज्जत र प्रष्टिठा माथी आच पुग्ने गरिन हिमालयन बैंकमा आफ्नै छोरा सिइओ अशोक शम्शेर जवराले गरेपछि बुबालाई कत्ति टेन्सन पुग्ला ।
सुपर भाइजर पदवाट जागिर शुरु गरेका अशोक राणा हिमालयन बैंकको ३ कार्यकाल १२ वर्ष भएका छन् । बैंक भित्र दर्जनौ काण्ड भएपछि बाहिरबाट सिइओ सञ्चालक समितिले ल्याउने आँट गदैनन् ।
पद खाने बेला भएपछि अध्यक्ष श्रेष्ठ र सिइओ राणा वीच पुर्नमिलन भैहाल्छ । पद दुवैले लिएपछि २÷४ महिना पछि फेरि झगडा हुँदै बैंक तहसनहस नै हुन्छ। यी दुईको झै–झगडाले बैंकमा ‘यूनियन’को जन्म भएको एक कर्मचारीले बताएँ । अहिले बैंकमा यूनियनको हालीमूहाली चलेको छ ।
पाकिस्तानीहरुको समेत लगानी भएको हिमालयन बैंकमा राष्ट्र बैंकले भित्री रुपमा छानवीन गरेको र स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख भएका गल्ती अनुसार नै केही दिन अगाडी १ करोड भन्दा बढी रकम कारवाही गरेको एक डिपुटी गर्भनरले एउटा कार्यक्रममा पंक्तिकारलाई बताएँ ।

राणा र चुडाँलको सम्बन्ध के ?
हिमालय शम्शेर राणाका छोरा जस्तै भीस्म कुमार चुडाँल उनीको नाममा राणाले शेयर हालेकै कारण उनी अहिले बैंक सञ्चालक छन् । राणा परिवारले चुडाँलको नामबाटै इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडमा समेत प्रमोटर शेयर लगानी गरेका छन् । चुडाँल पूर्व आरएनसी ९च्ल्ब्ऋ० का खरदार हुन । उनीको अमेरिकाको ग्रिन कार्ड छ । राणा परिवारको प्रसा लुकाउने यी चुडाँलको बारेका अख्तियार, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत अंकुत सम्पत्ति छानवीन गर्ने भएको छ ।
 गल्ती लुकाउने सहमती ?
जनताको पैसामा फूपूको श्राद्ध गरेका हिमालयन बैंकका सिइओ गल्ती लुकाउने सहमती अनुसार नै सदावहार सिइओ अध्यक्ष पद लिएको राष्ट्र बैंकको बुझाई छ । अघिल्लो अवधी प्रेम खेतानले अध्यक्ष पाउने भए पनि दिइएन । सिइओ बाहिरबाट ल्याउने तयारी पनि तुइयो कारण हो । काण्ड ढाक छोप गर्न ।
सरकारको पैसामा मस्ती  
कर्मचारी सञ्चार कोषको ११ प्रतिशत शेयर रहेको हिमालयन बैंकमा नेपाली सेनाको खाता पनि छ । पैसा पनि अवौ छ त्यही पैसामा लुट भइरहेको छ । राज्य के हेरिबसेको छ । जनताको र राज्यको पैसाको चावी भिरेर हिडेको सिइओ अशोक राणाकै संरक्षणमा सुवाल भन्ने कर्मचारीले ५ करोड चोरी ग¥यो । मेलम्चीको चिनीया ठेकेदारले ५ करोड ठगी गरि भाग्यो । एम फूल कम्पनीले ७ करोड तिरेको छैन । यस्ता उदाहरण धेरै छन । हिमालयन बैंकमा राष्ट्र बैंक प्रथम गर्भनरको बैंक भनी कारबाही गदैन । अख्तियारले छानवीन गरि कारवाही गर्ने निर्देशन दिएपनि राष्ट्रबैंक बोल्दैन कारण के हो ?

के भन्छ त अख्तियार?
अख्तियारका प्रवक्त कृष्णहरि पुस्करले भनेः हामी पटक पटक वयान दिई कारवाहीको सिफारिस गरेका छौं । राष्ट्र बैंकलाई अव कस्तो कारवाही हुन्छ हामी हेदैछौं नत्र हामी कारवाही गर्दैछौं ।
यसबाट पनि के प्रष्ट हुन्छ भने अब हिमालयन बैंक देखि ग्राहक होसियार हुन बुद्धिमानि हुनेछ , निकट भविष्यमा नै हिमालयन बैंक माथि कारबाही हुदैछ ।

  • प्रस्तुती : राजतिलक 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: