×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ हिमालयन बैंकका सहायक प्रबन्धक सुवालको चोरी काण्डको भित्री कथा

अर्थ सरोकार

प्रकाशित मिति : २४ असार २०७३, शुक्रबार

PRIME CA

यस्तो छ हिमालयन बैंकका सहायक प्रबन्धक सुवालको चोरी काण्डको भित्री कथा

हिमालयन बैंकको यो कथा होइन यथार्थ हो । राष्ट्र बैंकबाट हामीलाई प्राप्त पछिल्लो स्थलगत निरीक्षण प्रतिवेदन भित्रबाटै हामीले केही कुरा बाहिर ल्याउने कोशिस गरेका छौं । भनिन्छ, छोराको गल्तीले बुबाले पिडा भोग्नु पर्दछ, त्यस्तै भएको छ अहिले खानदानी बैैंक हिमालयन बैंकमा हेरौ के के छ त बैंक भित्रका बेथितिका कथाहरुः
नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर, हिमालय शम्सेर जवराको स्वच्छ छविमा कालो दाग लगाउने काम आफ्नै छोराबाट हुनु कति पिडादायी होला ? कति मन रोला ? यस्तै भएको छ हिमालयन बैंकमा छोरा सिइओ छन् । साथी अध्यक्ष छन् तर सधैं बैंकमा एक पछि अर्को घटना भईरहन्छ । कति बचाउँने, कति सहने यस्तै भएको छ अहिले । प्रथ मगर्भनर हिमालय शम्सेर जबरालाई ।
स्थापना भएको २ दशक पूरा गरेको हिमालयन बैंक भित्र आश्चर्यजनक घटना एक पछि अर्को घटेको भेटिएको छ । २ वर्ष अगाडी हिमालयन बैंकका सहायक प्रबन्धक अनिश भक्त सुवालले बैंकका ग्राहकको कार्डवाट ५ करोड ७५ लाख चोरी गरेको घटना सेलाउन नपाउँदै बैंकले मेलम्चीको ठेक्दारलाई ग्यारेन्टी वापत दिएको ५ करोड २० लाख र पदम बहादुर राउतलाई दिएको १ करोड ५६ लाख गरि जम्मा १२ करोड ५१ लाख जनताको पैसा डुबेको छ । यी काण्डका नाइके राउत र सुवाल जेलमा छन् तर बैंकको पैसा उठेको भने छैन । उता मेलम्चीको चिनियाँ ठेक्दारले पैसा दिएको छैन । 
आफ्नै देशको उच्च अदालतमै मुद्दा हालेर बसेको छ । यी त बैंक भित्रका केही उदाहरण मात्रै हुन । स्थापना भएदेखि आज सम्म काण्डै–काण्डमा फसेको हिमालयन बैंकलाई राष्ट्र बैंकले पटक–पटक चेतावनी पत्र दिदै आएको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । तापनि राष्ट्र बैंकको निर्देशन पालना नगर्ने हिमालयन बैंक माथी केही दिन अगाडी १ करोड भन्दा बढी रकम राष्ट्र बैंकले जरिवाना स्वरुप लिने निर्णय गरेको हो ।
हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठ र सिइओ अशोक शम्सेर राणाले बैंकको ठग कर्मचारी सुवाललाई भारत भगाएपछि उसले भारतबाटै एस डेभलपमेन्ट बैंक, एनआइसी एसिया बैंक र लक्ष्मी बैंकको एटिएमबाट ५० लाख भन्दा बढी चोरी गरेका थिए । राष्ट्र बैंकको पछिल्लो निरीक्षण प्रतिवेदनमा भनिएको छः– एक फूल उत्पादन गर्ने कम्पनीलाई दिएको कर्जा, राउतलाई दिएको कर्जा, मेलम्चीको चिनियाँ ठेक्दारलाई दिएको धरौटी रकम उठाउन बैंकले तत्कालै पहल नगरेको, सुवाल कार्ड काण्डमा बैंकले हेलचेक्र्याई गरेको जस्ता दर्जनौं काण्डको उल्लेख गरिएको छ । 
विगत १ दशक देखि अध्यक्ष श्रेष्ठ र सिइओ राणाले पद छाडेका छैनन्, कारण हो जनताको पैसामा फूपूको श्राद्ध गर्ने, नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटलाई बचाउँन नसक्ने यि दुई बैंकर राणा र श्रेष्ठलाई राष्ट्र बैंक किन तत्कालै कारवाही गर्दैन ? यो खोजीको विषय बनेको छ ।
एसबीआई बैंकका अध्यक्ष हिमालयन कैंकका सञ्चालक ?
एसबीआई बैंकका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका प्रमूख प्रशासक कृष्ण प्रसाद आचार्य हिमालयन बैंकका पनि सञ्चालक हुन । एउटा बैंकको अध्यक्ष अर्को बैंकको सञ्चालक हुँदा बैंकलाई कस्तो असर पर्दछ । यो बुझ्न जरुरी छ कि छैन ? राष्ट्र बैंक के हेरेर बसी रहेको छ ।
कर्मचारी भर्नामा विज्ञापन छैन !
स्थापना काल देखि नै कर्मचारी भर्ना गर्दा हिमालयन बैंकले विज्ञापन निकालेको छैन । राष्ट्र बैंकको उच्च कर्मचारी, सिइओ र अध्यक्षका भाई, भतिजा, आफ्ना र आसेपासेहरुलाई नै भर्ती गरि बैंक सञ्चालन गरेको छ । असक्षम कर्मचारीकै कारण बैंकमा दर्जनौ घटना घटेको ठम्याई राष्ट्र बैंकको छ । यस माथी पनि राष्ट्र बैंकले छानवीन शुरु गरेको स्रोतको दावी छ । राणा र श्रेष्ठ विवादकै कारण बैंकमा कर्मचारी यूनियन पनि बनेको थियो । राष्ट्र बैंकका कर्मचारीका मान्छे भर्ना गरेका कारण पनि बैंकको स्थलगत निरीक्षणमा असर परेको भेटिएको छ।
मर्जर र पूँजी बृद्धि नहुनुको कारण
राष्ट्र बैंकले आगामी २०७४ असार मसान्त भित्र ८ अर्व पूँजी पु¥याउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ, तर हिमालयन बैंकसँग कुनै पनि संस्था मर्ज गर्न मान्दैनन् कारण हो अध्यक्ष । सिइओको राणा शासन र एकलौटी हालिमुहाली जसले गर्दा हिमालय शम्सेर राणाको इज्जत, प्रतिष्ठामा समेत दाग लगाउने काम भएको छ । बैंक प्रमोटरहरुले पैसा हाल्दा आय श्रोत देखाउनु पर्ने डर भएकाले मर्जर गर्नु पर्ने दबाब भएपनि मर्जर अगाडी बढेको छैन । एस डेभलपमेन्ट बैंकसँग मर्जर गर्ने भनिए पनि ऊ पछि हटेको थियो ।
सरकारी पैसाको दुरुपयोग
कर्मचारी सञ्चयकोषको समेत शेयर रहेको र नेपाली सेनाको डिपेजिट हिमालयन बैंकमा १२ करोड डुबेपछि अब सञ्चयकोष र सेनाले समेत सोच्नु पर्ने बेला आएको एक कर्मचारीले बताए । सञ्चयकोषका प्रमूख प्रशासक कृष्ण आचार्य सञ्चालक रहेको सो बैंकमा कोषकै पैसा डुब्दा समेत उनी किन चुप छन् । यसको खोजी अब शुरु हामीले गरेका छौं ।
पाकिस्तानी आंतकवादीको पैसा हिमालयन बैंकमा ?
नेपालमा आंतकवादी क्रियाकालाप हुने सबै पाकिस्तानीहरुको पैसा हिमाल रेमिट र हिमालयन बैंकमा आउने तथ्य राष्ट्र बैंकले फेला पारेपनि  चुपचाप बस्नुको अर्थ के हो, गर्भनर साब ? यसको खोजी हुनु जरुरी छ कि छैन ? नेपालमा नक्कली भारुको ट्रान्जिट बनाउने पाकिस्तानीहरुले प्रयोग गर्ने सबै पैसा हिमालयन बैंक मार्फत आउने सिआइबी स्रोतको दावी छ । यसको तत्कालै छानविन हुनुपर्ने देखिन्छ ।
सुवाल र हाडाको सम्बन्ध
बैंकका तत्कालीन सहायक प्रबन्धक सुवाल र बैंकका कम्पनी सचिव विपिन हाडाको सम्बन्ध कै कारण ५ करोड भन्दा बढी रकम मिलोमितोमा चोरी भएको भेटिएको छ । यी दुवै क्यासीनो जाने गर्दर्थे । बैंकमा सुवालले चोरी गरेको घटना हाडालाई १ वर्ष अगाडी थाहा भएपछि लामो समय उनीले सिइओ र अध्यक्षलाई नभनेको सुवालले प्रहरीलाई बयान दिएका छन् । गत अंक हामीले हाडाको बारेमा समाचार प्रकाशन गरेपछि बैंकबाट सम्पादकलाई मार्ने धम्की आत्माराम गौतम नामका एक कर्मचारीले दिएका छन् । सम्पादकलाई केही भए त्यसको जिम्मा हाडा र गौतमले लिनुपर्ने छ । यसको जानकारी नेपाल पत्रकार महासंघलाई दिएइको छ ।
३ बैंकको ५० लाख भारतमै चोरी
हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ र सिइओ राणाले बैंकका तत्कालीन सहायक प्रबन्धक सुवालले ग्राहकको कार्डवाटै ५ करोड भन्दा बढी चोरी गरेको थाहा पाए पनि चोरलाई प्रहरीमा नबुझाई भारत भगाएका दिए । बैंक बदनाम हुने डरले । सुवालले भारतमा समेत लक्ष्मी, एनआईसी एसिया र एस डेभलपमेन्ट बैंकको नक्कली एटिएम कार्डबाट ५० लाख चोरी गरेको प्रहरीको बयानमा सुवालले उल्लेख गरेका छन् । यसको जिम्मा अब अध्यक्ष र सिइओले लिने कि नलिने ? -राजतिलक साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: