×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पपीडितको लागि १० खर्ब उठाइदिन्छु, सरकारले जिम्मेवारी देओस् : बाबुराम भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भूकम्पपीडितको लागि १० खर्ब उठाइदिन्छु, सरकारले जिम्मेवारी देओस् : बाबुराम भट्टराई

Artha Sarokar

३२ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

गोरखा – नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले भूकम्प पीडितका लागि आफूले १० खर्ब उठाउन सक्ने दावी गरेका छन् ।

नयाँ शक्ति पार्टीको संघसंस्था विभागले मंगलबार सदरमुकाममा आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार पीडितलाई घर बनाउन एकमुष्ट पाँच लाख रुपैयाँ दिनुपर्ने भएपनि विभिन्न बाहानामा सरकारले नदिएको भन्दै आपत्ति जनाएका छन् ।

‘सरकार पैसा छैन भनेर राहत दिन पछि हट्न लागेको छ,’ उनले भने, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’

सरकारले आफूलाई जिम्मेवारी दिएको खण्डमा अन्तर्राष्ट्रिय समुदायसँग सकारात्मक कुरा भइरहेकाले १० खर्ब आफैं उठाउन सक्ने दावी उनले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी