Skip to content
LAXMI SUNRISE BANK

भूकम्पपीडितको लागि १० खर्ब उठाइदिन्छु, सरकारले जिम्मेवारी देओस् : बाबुराम भट्टराई

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

गोरखा – नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले भूकम्प पीडितका लागि आफूले १० खर्ब उठाउन सक्ने दावी गरेका छन् ।

नयाँ शक्ति पार्टीको संघसंस्था विभागले मंगलबार सदरमुकाममा आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार पीडितलाई घर बनाउन एकमुष्ट पाँच लाख रुपैयाँ दिनुपर्ने भएपनि विभिन्न बाहानामा सरकारले नदिएको भन्दै आपत्ति जनाएका छन् ।

‘सरकार पैसा छैन भनेर राहत दिन पछि हट्न लागेको छ,’ उनले भने, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’

सरकारले आफूलाई जिम्मेवारी दिएको खण्डमा अन्तर्राष्ट्रिय समुदायसँग सकारात्मक कुरा भइरहेकाले १० खर्ब आफैं उठाउन सक्ने दावी उनले गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK