
- अर्थ सरोकार सम्बाददाता
तपाईं बैंक अफ काठमाडौँ लुम्बिनीसंग कारोबार गर्नुहुन्छ ? अझ त्यसमा पनि चावहिल साखामा कारोबार गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने खुद्रा पैसा लिएर चावाहिल साखामा नजानुहोला । बैंकको कर्मचारी भएर आफुलाई ‘राजा’ नै सम्झने बैंक अफ काठमाडौँ लुम्बीनीका कर्मचारीले तपाईंलाइ बिनाकारण दुख दिन सक्छन् ।
खुद्रा पैसा लिएन बैंक अफ काठमाडौँ लुम्बिनीको चावहिल साखाले : घटना गत मंगलबारको हो । आफुसँग भएको एक सय दरका एक लाख रुपैया लिएर चाबहीलकी शारदा थापा आफ्नो बैङखाता भएको बैक अफ काठमांडौ लुम्बीनीको शाखा कार्यालय चाबहिल त पुगीन्, तर बैङले एक सय दरको पैसा डिपोजिट गर्न मिल्दैन भन्यो । पेशाले पत्रकार शारदा । कारण मागिन् उनले । सोमबारमात्र भक्तपुर स्थित जनता बैंकबाट निकालेको पैसा पूरानो र खुद्रा भएकाले राख्न नमिल्ने भन्दै पठाईदिएपछी उनी अचम्ममा परिन् ।
त्यसपछि शारदा पैसाको मुठो बोकेर बैक अफ काठमाडौँ लुम्बीनी बत्तिसपुतली पुगीन् जहाँ कुनै प्रश्न र ढिलाई पैसा जम्मा भयो ।
राष्ट्र बैंक भन्छ, गुनासो आए कारवाही गर्छौं :
यसबारे नेपाल राष्ट्र बैङका सहायक प्रवक्ता राजेन्द्र पण्डितले कुनै पनि बैङकले ग्राहकका पैसा जम्मा गर्न आनाकानी गरेमा पहिला सचेत गराउने नमानेमा कारबाहि गरिने बताए । उनका अनुसार कुनै पनि बैंकले जनताको पैसा राख्दिन भन्न पाउँदैन ।