×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलियासोनेराको ब्रान्ड भन्दै लोगो परिवर्तन गर्दैछ एनसेल, तर खास कारण भने बेग्लै छ !

PRIME CA

टेलियासोनेराको ब्रान्ड भन्दै लोगो परिवर्तन गर्दैछ एनसेल, तर खास कारण भने बेग्लै छ !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < ५ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बजारमा बदनामीको हद भएको कुनै ठुलो कर्पोरेट हाउस छ भने त्यो एनसेलनै हो । बजारमा बिज्ञापन र ब्र्यान्डीङको लागि अरवौं रकम खर्च गरेको एनसेलले एकाएक लोगो परिवर्तन गर्ने भएको छ । एनसेल स्रोतले अर्थ सरोकार डटकमलाइ दिएको जानकारी अनुसार अवको एक हप्ता पछिनै एनसेलले औपचारिक रुपमा लोगो परिवर्तन गर्दैछा भने परिवर्तित लोगोको ब्र्यान्ड लिएर बजारमा बिज्ञापन गर्ने योजना बनाएको छ।   
देखाउने र वास्तविक कारण बेग्लै :
एनसेलले केहि दिनपछि विज्ञप्ति जारी गर्दै हालको लोगो टेलियासोनेराको ब्राण्ड भएको भन्दै लोगो परिवर्तन गर्न लागिएको बताउने तयारी गरिरहेको छ । केहि हदसम्म उक्त कुरा तार्किक भएपनि उक्त ब्राण्ड बदनाम भएको भन्दै एक्जिएटाका लगानीकर्ताले दवाव दिएपछि लोगो परिवर्तन गर्न लागिएको स्रोतको दावी छ । स्रोत भन्छ एक्जिएटाको कम्पनी पोलिसी अनुसार केहि कुरामा लफडा पर्यो भने त्यससँग सम्बन्धित लोगो वा स्किम परिवर्तन गरिनेछ । एसपाली कर प्रकरणदेखि अरु धेरै कुरामा लफडामा परेपछि एनसेलले लोगो परिवर्तन गर्न लागेको हो ।  

एनसेलको अवको लोगो कस्तो हुन्छ ?
भन्ने अर्थ सरोकारको प्रश्नको उत्तर दिंदै एनसेल स्रोत भन्छ, ‘लोगो एक्जिएटाको लोगोसँग मिल्दोजुल्दो हुन्छ । एक्जिएटाले किनेको भन्दै लोगो परिवर्तन गरेजस्तो पनि हुने र बिग्रेको ब्राण्डमा पनि काम गर्नु नपर्ने भन्दै एनसेलले लोगो परिवर्तन गर्न लागेको बताइएको छ ।   
यो पनि पढ्नुहोस् :

एनसेलको गैरकानुनी धन्दा नम्बर २ : नेपाललाई अन्तराष्ट्रिय कानुन मिच्ने ‘क्रिडास्थल’ बनाउँदैछ एनसेल  !  

काठमाडौँ – पछिल्लो समय एनसेल नामक कम्पनी ठगीको पर्याय नै भइसकेको छ । पावर र पैसाका भरमा जसले जे गरेपि हुन्छ भन्ने भ्रम छ एनसेललाइ । यसअहिको अंकमा हामीले ४ बर्षदेखि गैरकानुनी धन्दा चलाईरहेछ एनसेल, पावर र पैसाका भरमा करोडौं नेपालीलाइ ठग्दै शिर्षकको समाचार सम्प्रेषण गरेका थियौं ।   एनसेलले यस्तै अर्को गैरकानुनी धन्दा चलाएको तथ्य बाहिर आएको छ । इन्टरनेट सेवा प्रदान गर्ने विश्वरभरका कम्पनीहरुले मान्नु पर्ने अन्तराष्ट्रिय नियम नेट न्युट्रालिटी (इन्टरनेट तटस्थता) को सामान्य नियम समेत पालना नगरी एनसेलले नेपालमा मनपरी गर्ने गरेको तथ्य बाहिर आएको हो। 
अन्तराष्ट्रिय नियम मिचेर ट्विटर र विकिपिडिया प्याकेज 
आइएसपीको  विश्वव्यापी नियममा कुनै पनि इन्टरनेट सेवा प्रयादकहरुले  कुनै पनि वेवसाइट निशुल्क प्रयोग गर्न दिन नमिल्ने स्पष्ट उल्लेख गरेको छ । तर, एनसेलले ट्वीटर र विकिपिडियालाई निःशुल्क प्रयोग गर्न दिइरहेको छ । 
एनसेलले केहि समय अगाडी यहि तथ्य बाहिर आउने डरले नेपालका केहि चर्चित मिडियाहरुलाई समेत एनसेलबाट निशुल्क हेर्न मिल्ने व्यवस्था गरेको थियो । तर यहि नियमसम्बन्धि प्रश्न उठेपछी मिडियाहरु आफैं साइड लागेका थिए । यद्यपी एनसेलले मोटो रकम विज्ञापन मार्फत दिइरहेकाले यो प्रश्न कुनै पनि ठुला भनिएका मिडियाहरुले उठाएनन् । यसबाट पनि स्पष्ट हुन्छ एनसेलले विकिपिडिया र फेसबुकको ब्यापार प्रर्बद्धनमा सहयोग गरिरहेको छ । ति वेबसाइट निःशुल्क चलाउन दिएर उसले फाइदा लिइरहेको छ ।
के भन्छन् विज्ञ  ?
ट्वीटर र विकिपिडिया मात्र हैन एनसेलले फेसबुकलाई पनि प्रर्बद्धन गरिरहेकको छ । यसका विज्ञहरुले यो सरासर नियम विपरित हो भनेका छन् । ‘एनसेलको फेसबुक डाटा प्याक पनि नेट न्युट्रालिटीको नियम विरुद्ध छ । एनसेलले सरासर केहि सैहरुको ‘प्रमोशन’ गरेको छ । भूकम्पका बेला जनतालाई नेपाल टेलिकमले सित्तैमा फोन गर्न दिंदा समेत चुप लाग्ने एनसेलले अन्तराष्ट्रिय साइटहरुको प्रचार गर्नु नियम अनुसार त गलत छ नै, त्योभन्दा बढी नेपालीहरुको मनोभावनामाथि नै खेलबाड गरेको छ ।
यो छुट्यो कि  ?

 ४ बर्षदेखि गैरकानुनी धन्दा चलाईरहेछ एनसेल, पावर र पैसाका भरमा करोडौं नेपालीलाइ ठग्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनसेलले जनता ठग्ने गरेको आरोप नौलो होइन । एनसेलले करछलीको लागि संसददेखि सडकसम्म गरेको ‘लविङ’ को समाचार पनि नौलो होइन । तर नेपाली कर्पोरेट क्षेत्रको बादशाह संस्था भनेर चिनिएको एनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाईरहेको खुलासा भएको छ ।  सन्दर्भ : एनसेलले गरिरहेको वित्तीय कारोबारको हो । एनसेलले ‘एनसेल सापटी’ का नामामा वित्तीय कारोबार गरिरहेको छ जसलाई नेपालको कानुनले बर्जित गरेको छ ।  
यस्तो छ बाफियाको व्यवस्था :
नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (फाफिया)  २०६३ को दफा २८ अनुसार वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्न पाउने व्यवस्था छैन । वाफियामा स्पष्टसँग वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्ने नपाउने उल्लेख गरेको भएपनि एनसेलले भने उक्त नियमलाई मिच्दै वित्तीय कारोबार गरिरहेको छ । एनसेलले ‘एनसेल सापटी’ का नाममा ऋण दिने र त्यसको चर्को ब्याज असुली गरी जनता ठग्ने गरेको छ ।  
कम्पनी ऐन पनि मान्दैन एनसेल 
कम्पनी ऐन, २०६३ अनुसार प्राईभेट कम्पनीहरुले राष्ट्र बैंकसँग स्विकृति लिएर पनि वित्तीय कारोबार गर्न नपाउने स्पष्ट गरेको छ  । अन्यथा यस्तो कारोबार गरेको थाहा भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २८ अनुसार गैरकानुनी हुन जान्छ । तर त्यहि कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीले पावर र पैसाका भरमा कानुन मिचीरहँदा पनि कसैले कारवाही गरेको छैन । एनसेलले ४ वर्षदेखि यस्तो गैरकानुनी धन्दा गरिरहेको छ । 
एनसेलले गरिरहेछ कर्पोरेट अपराध ! 
नेपालका विद्यामान कानुन हेर्ने हो भने पनि एनसेलले कर्पोरेट अपराध गरिरहेको छ । नेपालको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को नाफाखोरी शीर्षक अन्तर्गतको उपदफा १ मा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्य भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावमा लाभ उठाई सो माल बस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ, ।’ तर एनसेलले यो ऐनको भावना विपरित काम गरी कर्पोरेट अपराध गरिरहेको छ। 

एनसेल सापाटीका नाममा यसरी हुन्छ ठगी :
एनसेलले  रु. दुई भन्दा कम भएमा रु. २० रुपैयाँ सापटी लिन पाउने व्यवस्था गर्‍यो । एनसेलकै भाषामा ‘सापाटी’ पछि रु. १०० रिचार्ज गरेको खंदामा एनसेलले रु. २० सहित २२ रुपैयाँ ४८ पैसा र रु. एक सय अन्तर्गतको कर एक रुपैयाँ ९६ पैसा सहित जम्मा चार रुपैयाँ चौवालीस पैसा  काटिदिन्छ । यसरी सापटी रु. २० र रु. १०० अन्तर्गतको करबापत एक रुपैयाँ ९६ पैसा सहित २ रुपैयाँ ४८ पैसा पनि तपाईंको रिचार्जबाट कट्टा हुन्छ । यसरी सरासर हेर्दा पनि २ रुपैयाँ ४८ पैसा एनसेलले ठग्छ ।

‘ऋण वा सापटी ?’
सापटीलाई नेपाली चलनचल्तिको भाषामा ‘जति लियो त्यति मात्रै फिर्ता गर्ने’ भनिन्छ । मुलुकी ऐनको ‘लेनदेन ब्यबहारको महल’मा ‘ब्याज उल्लेख नगरेको भए साँवा मात्रै भराई दिनु’ भनेर उल्लेख गरिएको छ । तर, एनसेलले त ब्याज मात्रै होईन साहू महाजनले पहिले लिँदै आएको ‘चक्रबृद्धि ब्याज’ भन्दा चर्को ब्याज लिइरहेको छ, जसले यो ऋण नै हो सापटी होइन भन्ने सपष्ट गर्छ ।


३६५० % ब्याज !
एनसेलको सापटी स्किम अनुसार उसैकै भासामा रु २० सापटी लिएको खण्डमा  ८ मिनेट २० सेकेन्डमै कर बाहेक २ रुपैयाँ ४८ पैसा हुन आउँछ । सरसर्ती हिसाव गर्ने हो भने एनसेलले ३६५० % ब्याज लिने गरेको छ ।   यो त ब्याज लिनेको पनि हद भएन र ?
कति ठग्यो होला त एनसेलले ?
एनसेलले एउटा ग्राहकसँग ८ मिनेट भित्रै २ रुपैयाँ ४८ पैसा ठगी गरिरहेको छ । एनसेलकै पटक पटक प्रकाशित हुने बिज्ञप्तिमा उसले आफ्ना प्रयोगकर्ता करिव एक करोड चालिस लाख रहेको दावी गर्दै आएको छ । यसरी जनताबाट करोडौं रुपैयाँ ठगी गरेपनि एनसेललाइ अझैसम्म कसैले छुन सकेको छैन । 
बोल्न चाहेन एनसेल :
यस बिषयमा बुझ्न अर्थ सरोकार डटकमले एनसेलमा सम्पर्क गरेको थियो । तर यस बिषयमा सोद्धा त्यहाँका कर्मचारीले आफुले यस बिषयमा बोल्न नहुने बताए । सुचना अधिकारीको नम्बर माग्दा उनले भने, ‘नम्बर दिन मिल्दैन ।’   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: