×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बोतलमा पूरानै रक्सी ! नेपाललाई अन्तराष्ट्रिय कानुन मिच्ने ‘क्रिडास्थल’ बनाउँदैछ आजियाटा सम्बद्द एनसेल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ बोतलमा पूरानै रक्सी ! नेपाललाई अन्तराष्ट्रिय कानुन मिच्ने ‘क्रिडास्थल’ बनाउँदैछ आजियाटा सम्बद्द एनसेल !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पछिल्लो समय एनसेल नामक कम्पनी ठगीको पर्याय नै भइसकेको छ । पावर र पैसाका भरमा जसले जे गरेपि हुन्छ भन्ने भ्रम छ एनसेललाइ । यसअहिको अंकमा हामीले ४ बर्षदेखि गैरकानुनी धन्दा चलाईरहेछ एनसेल, पावर र पैसाका भरमा करोडौं नेपालीलाइ ठग्दै शिर्षकको समाचार सम्प्रेषण गरेका थियौं ।   एनसेलले यस्तै अर्को गैरकानुनी धन्दा चलाएको तथ्य बाहिर आएको छ । इन्टरनेट सेवा प्रदान गर्ने विश्वरभरका कम्पनीहरुले मान्नु पर्ने अन्तराष्ट्रिय नियम नेट न्युट्रालिटी (इन्टरनेट तटस्थता) को सामान्य नियम समेत पालना नगरी एनसेलले नेपालमा मनपरी गर्ने गरेको तथ्य बाहिर आएको हो। 
अन्तराष्ट्रिय नियम मिचेर ट्विटर र विकिपिडिया प्याकेज 
आइएसपीको  विश्वव्यापी नियममा कुनै पनि इन्टरनेट सेवा प्रयादकहरुले  कुनै पनि वेवसाइट निशुल्क प्रयोग गर्न दिन नमिल्ने स्पष्ट उल्लेख गरेको छ । तर, एनसेलले ट्वीटर र विकिपिडियालाई निःशुल्क प्रयोग गर्न दिइरहेको छ । 
एनसेलले केहि समय अगाडी यहि तथ्य बाहिर आउने डरले नेपालका केहि चर्चित मिडियाहरुलाई समेत एनसेलबाट निशुल्क हेर्न मिल्ने व्यवस्था गरेको थियो । तर यहि नियमसम्बन्धि प्रश्न उठेपछी मिडियाहरु आफैं साइड लागेका थिए । यद्यपी एनसेलले मोटो रकम विज्ञापन मार्फत दिइरहेकाले यो प्रश्न कुनै पनि ठुला भनिएका मिडियाहरुले उठाएनन् । यसबाट पनि स्पष्ट हुन्छ एनसेलले विकिपिडिया र फेसबुकको ब्यापार प्रर्बद्धनमा सहयोग गरिरहेको छ । ति वेबसाइट निःशुल्क चलाउन दिएर उसले फाइदा लिइरहेको छ ।
के भन्छन् विज्ञ  ?
ट्वीटर र विकिपिडिया मात्र हैन एनसेलले फेसबुकलाई पनि प्रर्बद्धन गरिरहेकको छ । यसका विज्ञहरुले यो सरासर नियम विपरित हो भनेका छन् । ‘एनसेलको फेसबुक डाटा प्याक पनि नेट न्युट्रालिटीको नियम विरुद्ध छ । एनसेलले सरासर केहि सैहरुको ‘प्रमोशन’ गरेको छ । भूकम्पका बेला जनतालाई नेपाल टेलिकमले सित्तैमा फोन गर्न दिंदा समेत चुप लाग्ने एनसेलले अन्तराष्ट्रिय साइटहरुको प्रचार गर्नु नियम अनुसार त गलत छ नै, त्योभन्दा बढी नेपालीहरुको मनोभावनामाथि नै खेलबाड गरेको छ ।
यो पढ्नुहोस् :

 ४ बर्षदेखि गैरकानुनी धन्दा चलाईरहेछ एनसेल, पावर र पैसाका भरमा करोडौं नेपालीलाइ ठग्दै

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: