×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानव तस्करमा तानिए पासाङ र डन्डु शेर्पा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मानव तस्करमा तानिए पासाङ र डन्डु शेर्पा

Artha Sarokar

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसदहरु मानव तस्करी काण्डमा मुछिरहेका बेला आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा पूर्वसभासद् पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा मानव ओसारपसारमा तानिएका छन् । सांस्कृति कार्यक्रमका नाममा गैर कलाकारबाट रकम लिएर मेक्सिको पठाएको भन्दै उनीहरु छानविनमा तानिएका हुन् ।
 सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप उनीहरुलाई लागेको छ । पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्य हुन् । मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई लगेका थिए । जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेकोसमाचार छ । 
  •  कान्तिपुर दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी