Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौँ । सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK