×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेनाले माग्यो १ सय ५० अधिकृत क्याडेट , प्रमाणपत्र तह उतिर्णले आवेदन दिन सक्ने

काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदमा १५० जनाको लागि दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि गरी १५० जानका लागि विज्ञापन खोलेको हो  ।  
आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ । दरखास्त एक हजार रुपियाँ शुल्क बुझाएर असोज १३ सम्म र डबल दस्तुर तिरी थप ७ दिन भित्र दिन सकिने जनाएको छ । प्रमाणपत्र तह पुरा गरेकाले   १८ वर्ष पुरा भई २१ बर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । त्यस्तै स्नातक   तह पुरा गरेकाले   १८ वर्ष पुरा भई २४ बर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

 हेर्नुस बिज्ञापन ।   


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: