
- अर्थ सरोकार सम्बाददाता
बनेपा- काभ्रे जिल्लाको विभिन्न स्थानमा सरकारलाइ कर छल्ने बद्नियतका साथ कारोबार हुने गरेको पाइएको छ। विशेषगरी काभ्रेको रोशी क्षेत्रमा सञ्चालित रोडा ढुंङ्गा उद्योगहरूले लाखौँ रुपैयाँको कर छली हुने गरेको तथ्य फेला परेको छ ।
खुलेआम करछली, राजश्व विभाग मौन
जिल्लामा सञ्चालित केही ढुंङ्गा खानीहरूले खुलेआम कर छल्ने गरेका छन् । प्रतिटिपर छ हजार ५ सय रूपैयाँ लिएर २६ सय ५४ रूपैयाँको मात्र भ्याट बिल काटी खुलेआम कर छली हुने गरेको भएपनि यसतर्फ राजश्व विभागले अनुसन्धान गरेको छैन । मूल्य अविव्रिद्धि कर ऐन अनुसार कम मूल्यको बिजक जारी गर्नुलाई अपराध मानिन्छ । तर काभ्रेमा सञ्चालित विभिन्न ढुंगा खानीहरुले खुलेआम कर छाल्दा पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।
भित्रभित्रै हुन्छ सेटिङ, देशलाइ घाटा !
यसरी कम मूल्यको बिजक जारी गरेर देशलाइ घाटा पुर्याउने काम भएपनि, सम्बन्धित निकाय मौन बस्नुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार यसरी गलत काम गर्नेहरुलाई आन्तरिक राजस्व विभागकै केहि कर्मचारीहरुको साथ छ । ‘यहाँ त पूरै सेटिङ हुन्छ । आन्तरिक राजस्व विभागका कर्मचारीहरुनै यस्तो गलत काममा पैसाको प्रलोभनमा परेर मुछिएका छन् ।
र यो एउटा करछलीको नमूना:

माथिको बिललाइ एक पटक हेर्नुहोस्, उक्त बिलमा सबै कुरा प्रष्ट लेखिएको छ । भ्याट रकम वा जम्मा रकममा कुनै पनि कैफियत छैन । तर माथिको बिल कम मूल्यमा जारी गरिएको छ । काभ्रेको कुनै पनि ढुंगा खानीले माथि उल्लेखित रकममा माथि उल्लेखित परिमाणको ढुंगा उपलब्ध गराउंदैन । यो त प्रतिनिधि घटना मात्र हो । यसरी काभ्रेमा करछली गर्ने थुप्रै फर्म तथा कम्पनीहरु छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्