×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल याक एण्ड यतिको दादागिरी ! राजनीतिक आडमा लाखौँ कर तिर्न अटेरी !

PRIME CA

होटल याक एण्ड यतिको दादागिरी ! राजनीतिक आडमा लाखौँ कर तिर्न अटेरी !

अर्थ सरोकार

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहीबार

तस्विर : ट्रिप एडभाइजर 
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – काठमाडौँको याक एण्ड यति होटलले काठमाडौं महनगरपालिकाललाइ तिर्नुपर्ने कर नतिरेको पाएको छ । महानगरपालिका स्रोतका अनुसार होटलले हाल कर तिर्न आनाकानी गरिरहेको छ ।
होटलले महानगरलाई पेस गरेको विवरण समेत अपुरो रहेको खुलेको छ ।महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्ललेका अनुसार याक एण्ड यतीले महानगरले स्थलगत भ्रमण गर्दा फेला परेको भन्दा फरक विवरण पेस गरेको छ ।’बहाल कर, घरजग्गा कर लगायतका विभिन्न शिर्षकमा तिर्नुपर्ने कर नतिरी होटललले दादागिरी देखाईरहेको छ। काठमाडौं महानगरपालिकाले कडाइ गरेसंगे होटलहरुले छल्ने गरेको कर सम्बन्धि थप रहस्य खुल्दै आएको हो । 
के हुन्छ कर नतिर्ने होटललाई कारवाही ?
कर नबुझाउने होटललाई महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिका अन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्न सकिने बुझिएको छ ।
होटलहरुले आफ्नो विवरण बुझाएको ३ महिनाभित्र महानगरले कर निर्धारण गर्ने गरेको छ । सो निर्धारित करमा थपघट गर्नुपरेको अवस्थामा होटलले ३५ दिनको म्याद पाउँछ । सो विवरण बुझाएपछि महानगरले १५ दिनभित्र कर निर्धारण गर्ने छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: