×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सशस्त्र प्रहरीमा जागिर खुल्यो

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९० जनाका लागि विभिन्न पदका लागि आवेदन खुल्ला गरेको छ । प्रहरी बलको मानवश्रोत बिकास विभागका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण) तर्फ ५४ र सशस्त्र प्रहरी सहायक निरीक्षक तर्फ ३६ जनाका लागि आवेदन खुल्ला भएको हो ।
निरीक्षक तर्फ खुल्लामा २९, अमर/अशक्त स.प्र.क. सन्तती १, महिला ५, आदीवासी÷जनजाती ८, मधेसी ७, दलित ३ र पिछडीएको क्षेत्र १ सहित ५४ जनाका लागि आवेदन खुल्ला भएको हो ।
२१ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातक वा सो सरहको अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि पुरुषका लागि पाँच फिट २ इन्च र महिलाको हकमा पाँच फिट उचाइ भएको हुनुपर्ने उल्लेख छ ।
यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक तर्फ खुल्लामा १९, अमर/अशक्त स.प्र.क. सन्तती १, महिला ३, आदीवासी÷जनजाती ५, मधेसी ५, दलित २ र पिछडीएको क्षेत्र १ सहित ३६ जनाका लागि आवेदन खुल्ला भएको हो ।
सहायक निरीक्षकमा आवेदन दिन चाहने १८ वर्ष पुराभई २३ वर्ष ननाघेका इच्छुक आवेदन कर्ताले मान्यता प्राप्त विश्व विद्यालयबाट प्रमाणपत्र वा सो सरहको अध्ययन गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदनको समय २०७३ कात्तिक ४ गतेसम्म आवेदन दिन सकिने मानवश्रोत विकास विभागले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: