Skip to content
LAXMI SUNRISE BANK

न्युनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गर्न समिति गठन

अर्थ सरोकार


काठमाडौँ – सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गर्न निर्देशन समिति र अनुगमन उपसमितिहरु गठन गरेको छ ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए।  
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष, मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, मिडिया सोसाइटी नेपालका अध्यक्ष, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष र सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष छन् ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK