
आदरणीय प्रेम बानियाँ सर, नमस्कार !
‘यो एभिन्यूज टेलिभिजनको संकेत हो, म प्रेम बानियाँ’
तपाईंका यिनै मिठासपूर्ण सब्दहरुमा आफ्नो भविष्य खोजेर मिडियामा प्रवेश गरेका थुप्रैमध्ये म पनि एक हुँ । म राम्रो पत्रकार बन्छु, राम्रो टेलिभिजनकर्मी बन्छु भन्दापनि म ‘प्रेम बानियाँ’ जस्तै बन्छु भन्नेहरुको लर्को लामै छ । र त्यो मध्ये म पनि एक पक्कै हुँ । अरु थुप्रै होलान् सायद !
एभिन्यूज टेलिभिजन, खबर भित्रको खबर, पावर न्यूज, रियल फेस, वा जय स्वाभिमानभन्दा पनि प्रेम बानियाँलाई नै हेर्नेहरु पनि कम थिएनन्, छैनन् । सटिक प्रस्तुती, कडा प्रश्न र स्वाभिमानका प्रति तपाईंले गर्ने टिप्पणीले धेरैलाइ नतमस्तक बनाएको थियो र छ पनि ।
देशमा केहि छैन, केहि भएन होइन, गर्नुपर्छ वा हुनुपर्छ भनेर टेलिभिजनका पर्दाहरुमा तपाईंले दिने संदेश पक्कै पनि खास थिए । तपाईंलाइ नै हेरेर स्वाभिमानको अर्थ बुझ्नेहरु धेरै थिए, छन् पनि ।
केहि बर्ष अगाडी तपाइंले लेख्नुभएको फेसबुक स्ट्याटस अझै याद छ प्रेम सर, ‘सके जागिर नखानु, नसके जागिर खानु, नसकेरै खाएको जागिर पनि खान नसकिने भइयो ।’ टेलिभिजनमा संकट देखिएका बेला आएको तपाइंको यस्तो स्याटसले प्रेम बानियाँ कुनै दिन पलायन हुन्छ भन्ने चर्चा पनि चलेकै थियो । र बर्षौं अघिको त्यो चर्चा आज सत्य सावित नै भयो ।
तपाईं अमेरिका हानिनुभयो । त्यसपछाडिका कारणहरु धेरै होलान् । तपाइंको व्यक्तिगत कारणहरु होलान्, पढाइ होला, पारिवारिक कारणहरु होलान् वा अरु केहि । तर प्रेम बानियाँजस्तो त नटिक्ने मिडियामा तँ के गर्छस् ? भनेर कसैले सोध्यो भने म के उत्तर दिउँ ? थाहा छैन ।
तपाइंको नेपाली टेलिभिजन क्षेत्रमा योगदान अतुलनीय छ, र रहनेछ भन्ने विश्वास पनि छ । त्यति धेरै भन्न मनपनि छैन । तपाईं अमेरिका हानिनुभयो भन्ने खबरले जति दुखी छु, त्यति मनमा उब्जिएको एउटा प्रश्नले सताईरहेको छ । ‘आखिर प्रेम बानियाँले देशसँग हार्यो वा नेपाली पत्रकारितासँग?’ के अभाव, दवाव, वा प्रभावसहितको पत्रकारितासँग प्रेम बानियाँ वाक्क दिक्क भएको हो ? के अरु प्रेम बानियाँहरुले पनि भोलिका दिनमा त्यसै गरी वाक्क दिक्क हुनुपर्ने हो ?
‘अव के प्रेम बानियाँलाइ देखेर नेपाली टेलिभिजनकर्ममा लागेकाहरुले विकल्प खोज्नुपर्ने भएको हो ?’
हो, कोहि विदेश जाँदैमा उसको स्वाभिमान गिर्दैन, गिरेको छैन । तर राष्ट्र, राष्ट्रियता र स्वाभिमान बुझ्न प्रेम बानियाँको ‘जय स्वाभिमान’ हेरेका पिढीहरुले अव के बुझछन् ? थाहा छैन ।
भन्ने मन धेरै थियो । तर पनि मन किन हो किन यति दुखी छ कि, अव लेख्न छोडेर दराजमा थन्क्याइएको पासपोर्टमा किरा लाग्यो कि भनेर हेर्ने मन पलायो । किनकि एउटै यहि प्रश्नले मनमा कता कता बिझाइरहेछ, ‘आखिर प्रेम बानियाँले देशसँग हार्यो वा नेपाली पत्रकारितासँग ?’
उही तपाइंको शुभचिन्तक पत्रकार
सुरज प्याकुरेल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्